राज्य सञ्चालन बालबालिकाहरूले खेल्ने भाडाकुटी जस्तो बन्यो : शंकर पोखरेल

  • कालिका खवर
  • सोमवार, कार्तिक १६, २०८३
  • ठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राज्य सञ्चालनलाई बालबालिकाको भाँडाकुटी खेलजस्तो बनाइएको टिप्पणी गरेका छन्।

    सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कार्यकारी पदमा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमा गर्ने गतिविधि र अभिव्यक्तिले राज्यको गरिमा कमजोर बनाएको आरोप लगाए। जिम्मेवार पदमा रहने व्यक्ति थप संयमित र उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो।

    पोखरेलले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संघसंस्था र सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने प्रयास भइरहेको दाबी पनि गरे। उनका अनुसार विद्यार्थी संगठनका गतिविधि रोक्ने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार सीमित गर्ने र व्यावसायिक संस्थालाई कार्यक्रम नगर्न निर्देशन दिने कामले लोकतान्त्रिक अधिकारमाथि प्रश्न उठाएको छ।

    पत्रकारलाई सञ्चारगृहबाटै पक्राउ गरिएको घटनासमेत उल्लेख गर्दै उनले अभिव्यक्ति तथा संगठन स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाए। सरकारको कार्यशैलीले संविधान र संवैधानिक निकायको भूमिकासमेत कमजोर बनाएको उनको दाबी थियो। साथै, नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई ध्यान नदिई सरकारको नेतृत्व अघि बढिरहेको भन्दै उनले बाह्य शक्तिको प्रभावमा राज्य सञ्चालन भइरहेको हो कि भन्ने आशंका व्यक्त

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar