संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूको माग

  • कालिका खवर
  • सोमवार, कार्तिक १६, २०८३
  • काठमाडौं । विपक्षी दलहरूले संसद अधिवेशन आह्वान गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको विपक्षी दलको बैठकले संसद् अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको हो ।

    पत्रकार धरपकड, सरकारसँग बिचौलिया जोडिएको, न्यायाधीशबारे महाभियोगलगायतको विषयमा छलफल गर्नको लागि संसद् आवश्यक देखिएको काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

    बैठकमा आङ्दाम्बेसहित राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त, प्रमुख सचेतक वासना थापा, एमाले संसदीय दलका उपनेता पदमा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन, प्रमेश हमाल र युवराज दुलाल, जनता समाजवादी पार्टीबाट महन्त ठाकुर, राप्रपाबाट खुश्बु ओली लगायत नेताहरू पनि सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar