कामदार अभावपछि जापानले १२ लाखभन्दा बढी विदेशी कामदार भर्ना गर्ने, तीन क्षेत्रमा अवसर खुलाउने तयारी

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ३, २०८३
  • काठमाडौं । कामदारको तीव्र अभाव भएपछि जापानले सन् २०२८ सम्ममा विभिन्न क्षेत्रमा १२ लाख ३१ हजार ९०० भन्दा बढी विदेशी कामदारका लागि अधिकतम कोटा निर्धारण गर्ने तयारी गरेको छ।

    जापानले सन् २०२७ अप्रिलदेखि अस्पताल, कल्याणकारी संस्था तथा विद्यालयमा खाना पकाउने र वितरण गर्ने कामका लागि विदेशी कामदार भर्ना पुनः खुलाउने योजना बनाएको छ। खाद्य उत्पादन क्षेत्रअन्तर्गत पर्ने यी काममा जनशक्तिको अभाव भएपछि सरकारले यस्तो तयारी गरेको हो।

    यसैगरी, जापानले वृद्धवृद्धाको हेरचाह गर्ने (केयरगिभर) क्षेत्रमा पनि विदेशी कामदारको कोटा बढाउने तयारी गरेको छ। उक्त क्षेत्रको कोटा बढाएर १ लाख ४६ हजार ९०० पुर्‍याउने योजना रहेको छ।

    जापानमा बढ्दो ज्येष्ठ नागरिकको संख्या र विभिन्न क्षेत्रमा देखिएको जनशक्ति अभावका कारण विदेशी कामदारप्रतिको निर्भरता बढ्दै गएको छ। सरकारले विदेशी कामदार भर्नासम्बन्धी व्यवस्था विस्तार गरेर आवश्यक जनशक्ति पूर्ति गर्ने लक्ष्य लिएको छ।

    प्रस्तावित व्यवस्थाअनुसार सन् २०२८ सम्म विभिन्न क्षेत्रमा विदेशी कामदारको अधिकतम सीमा १२ लाख ३१ हजार ९०० भन्दा बढी पुर्‍याउने तयारी गरिएको छ। यसले जापानमा रोजगारी खोजिरहेका नेपालीसहित विदेशी कामदारका लागि अवसर विस्तार हुन सक्ने देखिन्छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar