१८ वर्षको घटनाका दुई जना हत्या आरोपी पक्राउ

  • कालिका खवर
  • शुक्रबार, अशोज २३, २०८३
  • काठमाडौँ : रुपन्देहीमा १८ वर्षअघिको हत्या घटनामा संलग्नताका दुई जना आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रह्लाद कुमी र सोही ठाउँमा ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी छन् ।

    प्रहरीका अनुसार हत्या घटना २०६५ मंसिर ६ गते भएको थियो । पक्राउ परेकाहरूमाथि त्यो बेला तत्कालीन धकधई गाविस–८ का ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या गरेको आरोप छ ।

    राजभरको पछाडि गलबन्दीले हात बाँधी कन्चटमा गोली हानी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    उनीहरू रुपन्देही जिल्लामै लुकिछिपी बसेको अवस्थामा रहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउपछि दुबै जनालाई बिहीबार रुपन्देही जिल्ला अदालतमा पेस गरेर थप अनुसन्धान सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar