कांग्रेस महाधिवेशन : निर्वाचन १ बजेसम्मका लागि सारियो

  • कालिका खवर
  • बिहिबार, अशोज २२, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ ।

    निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

    महाधिवेशनको पाँचौँ दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुन लागेको हो । मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुनेछन् । मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar