कांग्रेसलाई आधुनिक लोकतान्त्रिक शक्ति बनाउने संकल्पसहित केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : खत्री

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खस–आर्य खुला) पदमा गोरखाका प्रेमकुमार खत्रीले उम्मेदवारी दिएका छन् । उनले  कांग्रेसलाई जनतासँग जोडिएको, युवासँग हिँडेको, प्रविधिसँग अघि बढेको र परिणामबाट चिनिने आधुनिक लोकतान्त्रिक शक्ति बनाउने संकल्पसहित उम्मेदवारी दिएको बताए ।

    गोरखा क्षेत्र नम्बर १ का खत्रीले बदलिँदो समयसँगै कांग्रेसको सोच, संगठन र काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताए । उनले जनताले कांग्रेससँग केवल सत्ता नभई भरोसा, युवाले आश्वासन नभई अवसर तथा कार्यकर्ताले भाषण नभई सम्मान र न्याय खोजिरहेको उल्लेख गरे । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहीबार मतदान हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar