खेतमा पानी लगाउन गएका युवक मृत फेला

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका-५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन् । हिजो मंगलबार दिउँसो खेतमा पानी लगाउन गएका भण्डारी सम्पर्कविहीन भएपछि आफन्त तथा छरछिमेकले खोजी गरेका थिए । खोजीका क्रममा आज बिहान सिमलचौरस्थित आफ्नै खेतमा मृत भेटिएका हुन् ।

    प्रहरीका अनुसार उनलाई विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको आशंका छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र विश्वकर्माले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar