लालबन्दीको किराना पसलबाट १० लाख चोरी, आरोपी काठमाडौंबाट पक्राउ

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • सर्लाही । सर्लाहीको लालबन्दीस्थित एक किराना पसलबाट १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन् ।

    लालबन्दी नगरपालिका–७ स्थित पसलमा राखिएको नगद चोरी गरी फरार भएका ब्लोन काठमाडौंमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका ब्लोनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar