सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १४७ जना घाइते

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् ।

    आइतबार (असोज १८) नेपाल प्रहरीले शनिबार (असोज १६) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ ।

    सार्वजनिक विवरणअनुसार नवलपरासी पूर्व, दाङ र काठमाडौंमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

    साथै, कोशीमा २९, मधेशमा २९, काठमाडौं उपत्यकामा १८, बागमतीमा ७, गण्डकीमा २०, लुम्बिनीमा ३६, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ गरी १४७ जना पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ ।

    घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका विषय विवरणमा खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar