बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, अशोज १६, २०८३
  • काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित चोरखोलामा शुक्रबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस र ना.६ प ३३३३ नम्बरको ट्रक ठोक्किँदा बसका चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूलाई उद्धार गरी उपचारका लागि नजिकैको चन्द्रौटा लगिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar