भारतका मुख्य निर्वाचन आयुक्तविरुद्ध प्रदर्शन तयारी, जन्तर–मन्तरमा प्रतिबन्ध

  • कालिका खवर
  • शुक्रबार, अशोज १६, २०८३
  • काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा माग गर्दै आज दिल्लीको जन्तर–मन्तरमा तय गरिएको प्रदर्शनलाई प्रहरीले अनुमति दिएको छैन ।

    प्रदर्शनलाई ध्यानमा राख्दै नयाँ दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस), २०२३ को धारा १६३ लागु गर्दै अनुमति नलिई पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन, प्रदर्शन, जुलुस तथा नाराबाजी गर्न प्रतिबन्ध लगाएको छ ।

    अखिल भारतीय विद्यार्थी संघ (एआईएसए)लगायत विद्यार्थी तथा नागरिक समाजका समूहले प्रदर्शनको आह्वान गरेका हुन् । उनीहरूले निर्वाचन आयोगको विशेष गहन पुनरवलोकन (एसआईआर) प्रक्रियासहितका निर्णयमाथि प्रश्न उठाउँदै कुमारको राजीनामा माग गरेका छन् ।

    प्रहरीले प्रदर्शनकारीको सम्भावित भीडलाई ध्यानमा राख्दै जन्तर–मन्तर जाने सडकमा अवरोध राख्नुका साथै थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

    सेप्टेम्बर २६ मा पनि जन्तर–मन्तरनजिक प्रदर्शन गर्ने क्रममा करिब १५० नेता, विद्यार्थी तथा नागरिक समाजका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar