अध्यक्ष ओलीद्वारा पार्टीको झण्डा ओढाएर वामपन्थी नेता बस्नेतप्रति श्रद्धाञ्जली अर्पण

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका दिवंगत नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    बिहीबार अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर बस्नेतप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन् ।

    दिवंगत नेता बस्नेतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक क्रान्ति र पार्टी निर्माणमा बस्नेतले पुर्‍याएको योगदानको स्मरण गरे ।

    श्रद्धाञ्जली सभामा एमालेका शीर्ष नेताहरूहरूको उपस्थिति रहेको थियो ।

    लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए ।

    पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा नेता बस्नेतले करिब १७ वर्ष जेल जीवन बिताएका थिए ।

    बस्नेतको आजै पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar