ससुराको हत्या आरोपमा बुहारी पक्राउ

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।

    जुनीचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट प्रहरीले धारिलो खुर्पा समेत बरामद गरेको थियो ।

    प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतककी माइली बुहारी शर्मिला शाहीको हत्यामा संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको हो ।

    पक्राउ परेकी शर्मिलालाई अदालतमा उपस्थित गराएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुधिरकुमार खड्काले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar