घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

    लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

    पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar