धनकुटामा लागुऔषधसहित ३ जना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • धनकुटा : धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका वडा नं. ९, मुलघाटमा प्रहरीले चेकजाँचका क्रममा दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

    प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडी चेकजाँच गर्दा सिटमुनि राखिएको कपडाको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ, क्याप्सुल र ट्याब्लेट बरामद गरेको जनाएको छ ।

    बरामद गरेको खैरो पदार्थको तौल प्लास्टिकबाहेक १ ग्राम २३० मिलिग्राम रहेको छ । घटनामा भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. १ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका वडा नं. ६ का २४ वर्षीय प्रविन राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

    यसैगरी, धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. ७, चाम्चाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको टोलीले स्थानीय २१ वर्षीय प्रगत राईको घरकोठाबाट ट्रामोल–५० का २९ पत्ता (२९० क्याप्सुल) र स्पास्पेन प्रो का २९ पत्ता (२९० ट्याब्लेट) बरामद गरेको जनाएको छ ।

    पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय, धनकुटामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक रञ्जितकारले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar