लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

  • कालिका खवर
  • सोमवार, भदौ २९, २०८३
  • काठमाडौं : हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले आज सोमबार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

    प्रदेश राजपत्र भाग-३, खण्ड ९, सङ्ख्या १७ मा २०८० साल चैत २३ गते प्रकाशित सूचनाबमोजिम तीजका दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले यसअघि जारी गरेको सूचनामा उल्लेख छ।

    मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यले जारी गरेको सूचनामार्फत प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar