प्रधानमन्त्री बालेन दिए ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ लाई शुभकामना

  • कालिका खवर
  • आइतवार, भदौ २८, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले चलचित्र ‘तिनीहरू’ (इलिफेन्टस अफ द फग) को प्रमोसन गर्नुका साथै शुभकामना दिएका छन्। अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र अहिले दोस्रो सातामा हलमा चलिरहेको छ । चलचित्रले व्यावसायिकभन्दा पनि राम्रो समीक्षा पाएको हो ।

    उनले लेखेका छन्, अबिनाश विक्रम शाह निर्देशित ‘तिनीहरू’ ९९औँ एकेडेमी अवार्ड्सका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ। सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि धेरै धेरै शुभकामना,’।

    अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत छ। चलचित्रलाई अविनाशविक्रम शाहले निर्देशन गरेका छन् ।

    चलचित्रको कथा नेपालको तराई क्षेत्र (पर्साको ठोरी( को पृष्ठभूमिमा आधारित छ, जहाँ जंगली हात्तीहरूको आतंक छ। यसले समाजमा सीमान्तकृत अवस्थामा रहेको किन्नर (यौनिक तथा लैंगिक अल्पसङ्ख्यक) समुदायको संघर्ष, सम्बन्ध, मातृत्व र सामाजिक यथार्थलाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ ।

    चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, ज्यास्मिन विश्वकर्मा, गौरी मल्ललगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। यो चलचित्रले न्यूजील्यान्ड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म र अडियन्स अवार्डसमेत जितिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar