२४ घण्टामा ८९४ जना चालक ट्राफिक कारबाहीमा

  • कालिका खवर
  • शनिबार, भदौ २७, २०८३
  • काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ५९, रातोबत्तीमा ६९ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १०६, हर्न निषेधमा १९, लेन क्रसमा २८, अवस्था ठिक नभएको २०, एकतर्फीमा ९ र अन्यमा ५०३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar