भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने प्रतिपक्षी दलहरूको निर्णय

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । प्रतिपक्षी दलहरूको बैठकले भोटोकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म भएका कामको बारेमा जानकारी माग गर्ने निर्णय गरेको हो ।

    एमालेकी उपनेता पद्‌मा अर्यालले भनिन्, ‘भोटेकोशी बाढीको विषयमा सरकारको ध्यानाकर्षण गर्ने, संसदमा हाम्रो आवाज उठाउने निर्णय भएको छ । अहिले जे जति खोज, उद्धार र राहतका काम भइराखेका छन्, भएका कामका निम्ति धन्यवाद छ । सुरुमै सबैसँग समन्वय भएका भए अझ धेरै बाँच्थे होला । जनताको धैर्य धेरै रहँदैन । उनीहरूको गाँस, बास र कपासको व्यवस्था मिलाउन र सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar