पोखरामा अत्याधुनिक प्रविधिसहित ‘राधिका नेत्रालय’ सञ्चालनमा

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • पोखरा । पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ नेत्र उपचार सेवासहित ‘राधिका नेत्रालय’ सञ्चालनमा आएको छ। भदौ १ गते औपचारिक शुभारम्भ गरिएको नेत्रालयले पोखरा तथा आसपासका नागरिकलाई गुणस्तरीय, विशेषज्ञ र विश्वसनीय नेत्र उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

    १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन एवं राधिका नेत्रालयका मेडिकल डाइरेक्टर डा. अमृत बास्तोलाको पहलमा आफ्नै जन्मथलो पोखरामा नेत्रालय स्थापना गरिएको हो। आफ्नो व्यावसायिक यात्राबाट हासिल गरेको अनुभव, विशेषज्ञता र आधुनिक नेत्र उपचार प्रविधिलाई स्थानीय नागरिकसम्म पुर्‍याउने उद्देश्यले नेत्रालय सञ्चालनमा ल्याइएको डा. बास्तोलाले बताए।

    राधिका नेत्रालयको नाम डा. अमृत बास्तोलाकी माता राधिका बास्तोलाको नामबाट राखिएको हो। आमाको नामलाई सम्मान गर्दै पोखरा तथा आसपासका नागरिकलाई विशेषज्ञ उपचार सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको नेत्रालयले जनाएको छ। “आफ्नो जन्मथलोमै अत्याधुनिक नेत्र उपचार सेवा विस्तार गर्ने र विशेषज्ञ उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले राधिका नेत्रालयको स्थापना गरिएको हो,” डा. बास्तोलाले भने।

    नेत्रालयमा रेटिना डायग्नोस्टिक्स तथा इमेजिङ, रेटिना सर्जरी, Anti-VEGF Injection, मोतियाबिन्दुको शल्यक्रिया (Phacoemulsification), Laser Therapy, Dry Eye Therapy Package, Prescription Glasses तथा Minor OT Procedures लगायतका सेवा उपलब्ध हुनेछन्। आधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकीय सेवामार्फत आँखासम्बन्धी विभिन्न समस्याको उपचार गर्ने व्यवस्था गरिएको नेत्रालयले जनाएको छ।

    शुभारम्भको अवसरमा राधिका नेत्रालयले सेवाग्राहीका लागि एक महिनासम्म लागू हुने विशेष ‘Grand Opening Offer’ समेत सार्वजनिक गरेको छ। अफरअन्तर्गत आँखाको OPD Consultation निःशुल्क गरिनेछ भने रेटिना डायग्नोस्टिक्स तथा इमेजिङ, रेटिना सर्जरी, Anti-VEGF Injections, मोतियाबिन्दु शल्यक्रिया, Laser Therapy, Dry Eye Therapy Package, Prescription Glasses तथा Minor OT Procedures मा २० प्रतिशत छुट उपलब्ध गराइनेछ।

    पोखरामा विशेषज्ञ नेत्र उपचारको पहुँच विस्तार गर्ने लक्ष्यसहित स्थापना भएको राधिका नेत्रालयले आधुनिक प्रविधि, अनुभवी विशेषज्ञता र बिरामीकेन्द्रित सेवामार्फत आँखाको स्वास्थ्य उपचारमा नयाँ भरोसा निर्माण गर्ने अपेक्षा गरिएको छ। नेत्रालय बिरौटा–१७, पोखरामा रहेको छ। सेवाका लागि ९८५६००६८६६ मा सम्पर्क गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar