अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ? : अमरेश सिंह

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निश्पक्षताको विषयमा ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।

    ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’, उनले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।

    अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको भनेर उनले यसरी जानू पनि गलत रहेको बताए । गत असार पहिलो साता अख्तियारको टिम नै प्रधानमन्त्री कार्यालय पुगेको थियो ।

    सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भनेर प्रश्न उठेको थियो ।

    यसै पृष्ठभूमिमा सांसद सिंहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको कार्यालयको शाखा हो ?’ भनेर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar