२४ घण्टामा १ हजार १७८ चालक ट्राफिक कारबाहीमा

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६६, सिसिटिभिमार्फत ६९, रातोबत्तीमा ६६ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १४१, हर्न निषेधमा ४२, लेन क्रसमा ७५, अवस्था ठिक नभएको ३५, एकतर्फीमा २१ र अन्यमा ६६३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar