कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्री सुदन गुरूङलाई बुझाइएको छ । छानबिन समितिले आज सुनसरी र सिरहमा भएको घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको हो । गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो ।

    उक्त तनाव तराईका अन्य जिल्लामा पनि फैलिएको थियो । घटनामा चार जनाको मृत्यु समेत भएको थियो । घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सह–सचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो ।

    यस्तै सिरहा घटनाको छानबिन गर्न गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गठन गरिएको थियो । दुवै समितिले आज प्रतिवेदन बुझाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar