वर्तमान सरकार भवितव्यको उपज हो : ओली

  • कालिका खवर
  • आइतवार, साउन ३१, २०८३
  • इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको सरकारको संज्ञा दिएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गरेका हुन् ।

    सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गरे । उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाए ।

    आफूलगायत नेपाली काँग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने कोसिस भइरहेको उनको भनाइ छ । सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरीत विभिन्न क्षेत्रमाथि अङ्कुश लगाउन खोजेको टिप्पणी उनको छ ।

    सरकारका यस्ता गतिविधिका बाबजुद विचलित नहुन आग्रह गर्दै उनले देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । सरकारले गरिरहेका ‘उपद्रव’ बाट आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले राष्ट्रभक्तिको भावनाका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar