रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा परेर रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पाँचजना अझै बेपत्ता छन् ।

    मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन्। पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्।

    त्यस्तै बेपत्ता हुनेहरूमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar