लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासका मत लिने भएका छन् ।

    नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । समर्थन फिर्ता भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

    काँग्रेसले समर्थन फिर्ता लिएसँगै एमाले र नेकपाबीच सहकार्य भएको छ । सहमति अनुसार आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिइने भएको हो ।

    मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar