रवि लामिछाने भदौ ७ गते चीन जाँदै, सी चिनफिङले भेट नदिएको दाबी

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ ७ गते चीन भ्रमणमा जाने भएका छन् । उनी आठ दिने भ्रमणका लागि चीन जाने पक्का भएको हो ।

    भ्रमण भदौ ७ देखि १४ गतेसम्म हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक चीन भ्रमणमा जान लागेका हुन्। लामिछाने यसअघि भारत भ्रमणमा गएका थिए ।

    लामिछानेले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्न खोजेपनि सीले भेट दिन अस्वीकार गरेको बुझिएको छ । भ्रमणका क्रममा बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट तय भएको छ ।

    यस्तै सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग पनि उनको भेटवार्ता हुनेछ । लामिछानेको भ्रमण दलमा पाँचजना सदस्य रहने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar