प्रधानमन्त्री बालेनले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन साहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटवार्ता गर्दैछन् । यसअघि सामूहिक मात्रै भेटवार्ता गर्ने भन्दै अलगअलग छलफल अस्वीकार गर्दै आएका प्रधानमन्त्री साहले आज भने दुई छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री साहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम छ भने आज दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

    गत मार्च २७ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका साहले पदभार ग्रहण गरेको चार महिनापछि यी दुई देशका राजदूतहरूसँग भेट गर्न लागेका हुन् । यसअघि, अप्रिल ८ मा प्रधानमन्त्री साहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता भने गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar