ब्लास्टिङपछि कर्णाली करिडोरमा पहिरो

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना–६ अन्तर्गत फुटा भिरको चट्टान  खसेर पहिरो गएको छ । नेपाली सेनाले निर्माण गरिरहेको करिडोरको पलाँता गाउँपालिका–घाटापारी क्षेत्रमा आइतबार निर्माण कार्यका क्रममा ब्लास्टिङ गरेपछि चट्टान खसेर पहिरो गएको हो ।

    स्थानीय राजु बमका अनुसार, चिरा परेर बसेको स्थानभन्दा केही अगाडि नेपाली सेनाको निर्माण कार्यदलले सडक निर्माणका लागि ब्लास्टिङ गरेको थियो । ब्लास्टिङपछि माथिबाट चट्टानसहितको पहिरो खसेको हो ।

    हाल पहिरो रोकिएको छ । कर्णाली नदी भने नथुनिएको बमले जानकारी दिए । उनका अनुसार, पहिरोका कारण तत्काल नदीको बहावमा अवरोध सिर्जना भएको छैन ।

    नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको सडक निर्माणको काम गरिरहेको छ । करिडोर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar