महासचिव पोखरेलसहितका नेताले लिए थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, सचिव राजन भट्टराई लगायतका नेताहरूले एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    उनीहरुले शनिबार वीर अस्पताल पुगेर उपचाररत थपलियाको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका हुन् । उनीहरूले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

    चिकित्सकहरूले थपलियाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको जानकारी गराएका छन् । भक्तपुर गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बागमती प्रदेश सरकार गठनसम्बन्धी छलफल चलिरहेका बेला थपलियाको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar