दुःख पायो मंगले, आफ्नै ढंगले ! : महेश बस्नेत

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • काठमाडौं : नेकपा एमालेको सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहलाई सत्ता त्याग्न दबाब बढेको दाबी गरेका छन्। प्रधानमन्त्री शाहको हिजोको स्टाटसले सत्ता छाड्न दबाब बढेको पुष्टि गरेको उनको भनाइ छ। हिजो मध्यराति प्रधानमन्त्रीले फेसबुकमा लेखेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

    प्रधानमन्त्री बालेनले आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ छ। उनले भनेका छन्, ‘दुःख पायो मंगले, आफ्नै ढङ्गले! मध्यरातमा आएको बालेनजीको स्टाटस पढ्दा लाग्छ, उनी माथि सत्ता त्यागको लागि व्यापक दबाब बढ्दै गएको छ र आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिन्छ।’ राजनीति भावनात्मक स्टाटसले नभई काम र परिणामले आफूलाई सही प्रमाणित गर्ने ठाउँ भएको उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar