तीन संसदीय समितिको बैठक बस्दै

  • कालिका खवर
  • शुक्रबार, साउन २२, २०८३
  • काठमाडौं । संघीय संसद्अन्तर्गत आज (शुक्रबार) तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

    बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।

    कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।

    यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत्‌को वितरण लाइन, विद्युत्‌का पोल व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १० बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar