सरकार क्याप्टेनविहीन बनेको छ : विप्लव

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकार क्याप्टेनविहीन बनेको टिप्पणी गरेका छन् ।

    काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले विद्रोहको जनादेशतिर नगएर अर्कोतिर फर्किंदा सरकार क्याप्टेनविहीन बनेको बताए ।

    “सरकारकै पनि हालत हामी कस्तो देख्दै छौँ भने क्याप्टेनविहीन जस्तो देखिएको छ । सरकारको क्याप्टेन नै छैन कि क्या हो ? सरकार कसले चलाएको छ भन्ने जनतालाई अन्यौल पर्न थालेको छ,” उनले भने, “यसको केन्द्र कहाँ छ कसले चलाइरहेको छ भन्ने जस्तो गम्भीर विषय देशको स्थितिमा देखिँदै छ ।”

    नेपालमा सैद्धान्तिक वैचारिक ढंगले प्रशिक्षित भएका दलहरू भत्किएको अवस्थामा राजनीति अराजकता र असन्तुष्टितिर धकेलिएको उनले बताए । देशको जिम्मा लिनेगरी नयाँ ढंगले सोच्नुपर्छ भन्ने बहस चलेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar