पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

    सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो ।

    पहिरो पन्छाउन सडक डिभिजनका उपकरण परिचालन गरिसकिएको जनाइएको छ ।

    सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।

    सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar