तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

  • कालिका खवर
  • आइतवार, साउन १७, २०८३
  • नवलपुर । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन् ।

    सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ वस्ने ३६ वर्षीय कमल रानाको उपचार भई रहेको छ ।

    भारतीय नम्बर प्लेटको UP 57 BP 4162 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar