नेपाल कृषि इन्जिनियर्स सोसाइटी र नेपाल कृषि मेशिनरी व्यवसायी संघबीच समझदारी पत्र हस्ताक्षर

  • कालिका खवर
  • शनिबार, साउन १६, २०८३
  • निराज रानाभाट, काठमाडौं । नेपाल कृषि इन्जिनियर्स सोसाइटी (NSAE) र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) बीच नेपालको कृषि यान्त्रिकीकरण क्षेत्रको दिगो विकास तथा प्रवर्द्धनका लागि समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ ।

    समझदारी पत्रमा कृषि इन्जिनियरिङका नवस्नातकका लागि इन्टर्नसिप कार्यक्रम सञ्चालन, संयुक्त अनुसन्धान तथा केस स्टडी, तालिम, प्राविधिक ज्ञान आदानप्रदान, क्षमता विकास तथा कृषि यान्त्रिकीकरणसँग सम्बन्धित अन्य सहकार्यका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

    समझदारीपत्रमा सोसाइटीका अध्यक्ष डा. जीत बाहदुर चन्द र संघका अध्यक्ष कृष्ण शर्माले हस्ताक्षर गरेका छन् । यस सहकार्यले नेपालमा कृषि यान्त्रिकीकरणको आधुनिकीकरण, दक्ष जनशक्ति विकास तथा उद्योग – प्राज्ञिक क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar