इन्ड्युरेन्स ट्रफी सिजन–१’ : नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सको नयाँ अध्याय सुरु हुँदै

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • इकाठमाडौं । नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ मोटरस्पोर्ट केटीएम प्रा.लि. ले इन्ड्युरेन्स ट्रफी सिजन–१ आयोजना गर्ने भएको छ। आगामी अगस्ट १ र २ मा सञ्चालन हुने यस दुईदिने इन्ड्युरेन्स र्‍यालीले मोटरस्पोर्ट्स, सुरक्षित सवारी, पर्यटन प्रवर्द्धन तथा साहसिक यात्रालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ। न्ड्युरेन्स ट्रफी सिजन–१’ : नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सको नयाँ अध्याय सुरु हुँदै

    काठमाडौं । नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ मोटरस्पोर्ट केटीएम प्रा.लि. ले इन्ड्युरेन्स ट्रफी सिजन–१ आयोजना गर्ने भएको छ। आगामी अगस्ट १ र २ मा सञ्चालन हुने यस दुईदिने इन्ड्युरेन्स र्‍यालीले मोटरस्पोर्ट्स, सुरक्षित सवारी, पर्यटन प्रवर्द्धन तथा साहसिक यात्रालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।

    करिब ५०० किलोमिटर दूरी समेट्ने यस प्रतियोगितामा सहभागीहरूले दुई दिनसम्म सहनशीलता, समय व्यवस्थापन, नेभिगेसन, निर्णय क्षमता तथा सुरक्षित ड्राइभिङ कौशल प्रदर्शन गर्दै प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको पहिलो दिन काठमाडौंबाट पोखरासम्म यात्रा हुनेछ भने दोस्रो दिन पोखराबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

    यस प्रतियोगिताको अर्को प्रमुख आकर्षण यसको राष्ट्रिय टेलिभिजन प्रसारण हो। Action Sports TV ले इन्ड्युरेन्स ट्रफी सिजन–१ को आधिकारिक प्रसारण साझेदारका रूपमा सम्पूर्ण प्रतियोगितालाई आठ एपिसोडको विशेष टेलिभिजन शृङ्खलाका रूपमा निर्माण तथा प्रसारण गर्नेछ। प्रत्येक एपिसोडमा प्रतियोगीहरूको यात्रा, साहसिक अनुभव, रमणीय दृश्य, पर्दापछाडिका गतिविधि, सहभागीहरूको अनुभव, आयोजकसँगका अन्तर्वार्ता तथा प्रायोजकहरूको सहभागिता समेटिनेछ। अन्तिम एपिसोडमा इन्ड्युरेन्स ट्रफी सिजन–१ को पुरस्कार वितरण समारोहको प्रत्यक्ष प्रसारण गरिनेछ।

    टेलिभिजन प्रसारणसँगै प्रतियोगिताको सम्पूर्ण गतिविधि डिजिटल माध्यमबाट पनि व्यापक रूपमा सार्वजनिक गरिनेछ। दैनिक हाइलाइट भिडियो, रील्स, डकुमेन्ट्री, ड्रोन फुटेज, फोटोग्राफी, सहभागीहरूको अनुभव, इन्फ्लुएन्सर सहकार्य तथा प्रायोजक केन्द्रित सामग्री विभिन्न सामाजिक सञ्जालमार्फत दर्शकमाझ पुर्‍याइनेछ।

    आयोजकका अनुसार इन्ड्युरेन्स ट्रफी केवल प्रतिस्पर्धात्मक मोटरस्पोर्ट्स कार्यक्रम मात्र नभई नेपालको पर्यटन, सडक सुरक्षा र जिम्मेवार सवारी संस्कृतिलाई प्रवर्द्धन गर्ने अभियान पनि हो। व्यावसायिक व्यवस्थापन, राष्ट्रिय टेलिभिजन प्रसारण तथा डिजिटल स्टोरीटेलिङमार्फत इन्ड्युरेन्स ट्रफी सिजन–१ ले नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सको नयाँ अध्याय सुरु गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar