माइतीघरको डुबान समस्या समाधान गर्न ढल निकास फराकिलो बनाइँदै

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षातको समयमा माइतीघर क्षेत्रमा डुबान हुने समस्या समाधानका लागि ढल निकासलाई फराकिलो बनाउन सुरु गरेको छ ।

    केहीबेरको वर्षाले समेत माइतीघर क्षेत्र डुबान हुने गरेपछि महानगरले वडा नम्बर ११ स्थित सो क्षेत्रको डुबान समस्या समाधानका लागि निकासमाथि निर्माण भएका संरचनाहरू हटाउन थालेको हो ।

    काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले निकासको अवरोध हटाउँदै ढल निकासलाई फराकिलो बनाएपछि डुबानको समस्या समाधान हुने बताए ।

    उनले प्राविधिक समितिले समस्या पहिचान गरी प्रतिवेदन पेश गरेपछि सोही आधारमा समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए । पानी बग्ने बहाव क्षेत्रका केही स्थानहरू ब्लक भएका कारण डुबानको समस्या उत्पन्न भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar