ठूलो परिमाणको लागुऔषधसहित काठमाडौंबाट तीनजना पक्राउ

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४  गाङखेलबाट मंगलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध तीनजनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ का २४ वर्षीय दीपक राई छन् ।

    उनीहरूले भारतबाट अवैध रूपमा नेपाल ल्याई लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध  एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी  ७०१७ नम्बर गाडी, वाग्मती प्रदेश  ०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल तीन थान र नेपाली रूपैयाँ समेत बरामद गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar