राष्ट्रिय संकट समाधानमा प्रधानमन्त्रीको क्षमतामाथि गम्भीर प्रश्न, सर्वदलीय पहलमा रवि सक्रिय

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • काठमाडौं । सुनसरी घटनाले देशभर तनाव, त्रास र साम्प्रदायिक संवेदनशीलता बढिरहेका बेला प्रधानमन्त्री बालेन्द्र साहको निष्क्रिय भूमिकामाथि तीव्र प्रश्न उठिरहेको छ ।

    शान्ति, सुरक्षा र राष्ट्रिय एकताको सन्देश दिनुपर्ने सरकार मौन बसेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएर राजनीतिक पहल थालेका छन् ।

    सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका साथै अन्य प्रमुख राजनीतिक शक्तिलाई पनि छलफलमा आमन्त्रण गरिएको छ ।

    सुनसरीमा हिंसा भड्किएपछि स्थानीय समुदायबीच विश्वास पुनःस्थापना, शान्ति र सद्भाव कायम गर्ने जिम्मेवारी सबैभन्दा पहिले सरकारको हो । तर प्रधानमन्त्री साहले अहिलेसम्म न त राष्ट्रका नाममा सम्बोधन गरेका छन्, न सर्वदलीय बैठक बोलाएका छन्, न त राजनीतिक दलहरूलाई एक ठाउँमा उभ्याउने नेतृत्व देखाएका छन् ।

    यस्तो अवस्थामा सरकारको नेतृत्वबाट हुनुपर्ने पहल पार्टी सभापति लामिछानेले गर्नुपरेको भन्दै प्रधानमन्त्रीको कार्यशैलीमाथि गम्भीर आलोचना भइरहेको छ । राष्ट्रिय संकटमा सरकारको नेतृत्व कमजोर देखिएको र प्रधानमन्त्री परिस्थितिको गम्भीरताअनुसार प्रस्तुत हुन नसकेको टिप्पणी बढ्दो छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar