अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • काठमाडौँ : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ ।

    साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो । सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै आज आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar