रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक साउन १३ गते बिहान ११ बजे वनस्थलीमा रहेको केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो ।

    उनका अनुसार बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा हुनेछ । साथै, पार्टी सञ्चालनसँग सम्बन्धित आवश्यक कार्यविधि तयार पार्ने तथा विद्यमान कार्यविधिमा आवश्यक संशोधन गर्ने विषयमा पनि छलफल हुनेछ ।

    बैठकमा समसामयिक तथा विविध विषयमा पनि छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar