सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • कालिका खवर
  • सोमवार, साउन ११, २०८३
  • काठमाडौं । संघीय संसद्का सांसदहरू निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।

    सरकारको यो निर्णयले राज्यकोषको चरम दुरुपयोग हुने र यो संविधानको मर्म प्रतिकूल रहेको दाबी गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले रिट दायर गरेका थिए । २०८३ असार ३० गतेको मन्त्रिपरिषद्को बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिनेगरी निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar