अवरुद्ध कालीगण्डकी करिडोर ८ दिनपछि सञ्चालनमा

  • कालिका खवर
  • शनिबार, साउन ९, २०८३
  • गण्डकी । पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालनमा आएको छ ।

    बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिरोका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।

    दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar