हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, साउन ५, २०८३
  • काठमाडौं । नेपाली सेनाको सैनिक वार कलेजमा सञ्चालन गरिएको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न भएको छ।

    नेपाली सेनाका अनुसार २०८२ चैत १५ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन आज प्रधान सेनापति महारथी अशोक राज सिग्देलले एक विशेष कार्यक्रमबीच गरेका हुन्।

    तालिममा महासेनानी दर्जाका ३६ जना शिक्षार्थी सहभागी थिए। समापन समारोहमा तालिम प्रमुख प्रशिक्षक उपरथी मधुकर सिंह काकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। तालिममा महासेनानी प्रशान्त बज्राचार्य प्रथम (Best Student Officer) घोषित भएका छन् भने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका छन्।

    समापन समारोहमा पूर्व प्रधान सेनापतिहरू, रथीवृन्द, अधिकृतहरू तथा शिक्षार्थी अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।

    नेपाली सेनाले सैनिक अधिकृतहरूको उच्च नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको यस तालिममा Statecraft, Geopolitics and Economic Dynamics, Political Philosophy, Diplomacy, World Order, Military and Security Strategy तथा Leadership and Management लगायतका विषयमा अध्ययन गराइन्छ।

    वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको यस हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमबाट हालसम्म ४१० जना अधिकृत दीक्षित भइसकेका नेपाली सेनाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar