सरकारको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउँछ : ऐन महर

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन् ।

    पछिल्लो समय आफू स्वयम् पनि यसको सिकार भएको र विदेशबाट समेत ह्वाट्सएप र म्यासेन्जरमा मार्ने धम्कीहरू आइरहेको उनले जानकारी दिए । महरले सरकारले आफ्ना १०० दिनका उपलब्धिमा ’सुशासन कायम गरेको’ दाबी गरे पनि व्यावहारिक रूपमा त्यस्तो नदेखिएको स्पष्ट पारे ।

    उनले प्रदेशहरूमा नयाँ परिस्थिति र राजनीतिक शून्यताको अवस्था देखिएको भन्दै एमाले, कांग्रेस लगायतका कम्युनिष्ट पार्टीका नेतृत्वहरूले छिटोभन्दा छिटो छलफल गरेर उचित निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।

    महरले विशेष गरी सुदूरपश्चिम प्रदेशमा जनताका मुद्दामा केन्द्रित हुनुभन्दा आफ्ना व्यक्तिगत बिषयलाई प्राथमिकता दिएका समस्या उत्पन्न भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar