ट्रक अपहरणदेखि राजस्वको धम्कीसम्म : विबेक शर्माको गिरोहले काठमाडौंको कवाडी बजारमा मच्चायो त्रास, प्रशासन मौन

  • कालिका खवर
  • सोमवार, असार २९, २०८३
  • काठमाडौं । कवाडी व्यवसायमा संलग्न व्यवसायीहरूमाथि संगठित गुण्डागर्दी, चन्दा असुली र प्रशासनिक दुरुपयोग भएको गम्भीर आरोप लागेको छ। व्यवसायी दिपेश अग्रवाल, विबेक शर्मा र लागुऔषध तस्करीमा संलग्न कुन्दन सिंहले मिलेर कवाडी व्यवसायीलाई आतंकित बनाउँदै अवैध चन्दा उठाउने गरेको खुलेको छ।

    प्राप्त जानकारीअनुसार, विबेक शर्माले करिब ५० जना युवाहरू प्रयोग गरी ट्रक चालकहरूलाई धाकधम्की र कुटपिट गर्ने, ट्रकहरू जफत गरी आफ्नो कब्जामा लिने र रु १ लाख चन्दा माग गर्ने गरेका छन्। चन्दा नदिए राजस्व अनुसन्धान विभागमा गाडी पठाउने धम्की दिने गरेको पीडित व्यवसायीहरूले बताएका छन्। राजस्व अनुसन्धान विभागले कारबाही नगरे पनि व्यवसायी र चालकहरूलाई मानसिक तथा शारीरिक यातना दिइएको छ। विबेक शर्माका मान्छेहरू राजस्व अनुसन्धान पुगेपछि रु ५ लाख तिर्नुपर्ने भन्दै रु १ लाख माग गरेको पनि पाइएको छ।

    यसैबीच, चन्दा असुली अभियानलाई व्यवस्थित बनाउन दिपेश अग्रवालले विबेक शर्मा र कुन्दन सिंहलाई २५ प्रतिशत साझेदारी दिएको स्रोतले जनाएको छ। गत पुस ११ गते कुन्दन सिंहको बल्खुस्थित कार्यालयबाट लागुऔषध रंगेहात बरामद भए पनि दिपेश अग्रवालको माथिल्लो सम्पर्क र सेटिङका आधारमा उनलाई एक रात मात्र हिरासतमा राखी छाडिएको थियो। लागुऔषध ब्युरोले सो फाइल दबाउन प्रयास गरिरहेको देखिन्छ। सामान्य नागरिक भएको भए कुन्दन सिंह अहिलेसम्म हिरासतमै हुनुपर्ने थियो।

    कवास व्यवसायीबाट अवैध चन्दा असुल्न दिपेश अग्रवालले कुन्दन सिंह र विबेक शर्मामार्फत ५० जना युवा परिचालन गरेको देखिन्छ। अग्रवालले गुण्डागर्दीका लागि विबेक शर्मालाई रु १ करोड बराबरको गाडी उपलब्ध गराएको स्रोतले जनाएको छ। काठमाडौं उपत्यकामा कवाडी व्यवसायीहरूमा यस घटनापछि डर त्रास फैलिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar