भाउजूको हत्या आरोपमा देवर पक्राउ

  • कालिका खवर
  • मङ्लबार, असार २३, २०८३
  • विराटनगर : मोरङको ग्रामथानमा सोमबार राति महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

    ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २१ वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ परेका हुन् । उनले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सीमाको घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । उनले घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेका थिए ।

    सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    देवर-भाउजूबीचको झगडा छुट्याउने क्रममा सौचनका ठूलोबुवा शिवलाल खवास पनि घाइते भएका छन् । खुकुरीले दाहिने कुममा गहिरो चोट लागेका छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar