कांग्रेस देउवा समुहकाे बैठक बस्दै

  • कालिका खवर
  • सोमवार, असार २२, २०८३
  • काठमाडौँ : नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार दिउँसो २ बजे विस्तारित बैठक बोलाएका हुन्।

    पूर्व सभापति शेरबहादुर देउवा पक्षका एक नेताका अनुसार, विस्तारित बैठकले राष्ट्रिय भेलाको तिथि मिति तय गर्ने सम्भावना छ। यसअघि गत शुक्रबार खड्का निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो। बैठकले असार भित्रै राष्ट्रिय भेला बोलाउने सहमति गरेको थियो।

    बैठकमा कांग्रेस सभापति गगन थापालगायत नेताहरूसँग पार्टी एकताका लागि भएका छलफलबारे ‘ब्रिफिङ’ गरिएको थियो। अब अगाडि कसरी बढ्ने भन्ने विषय राष्ट्रिय भेलाबाट टुंगाउने सहमति बनेको छ। त्यसका आधारमा राष्ट्रिय भेलाको मिति तोक्न खड्काले विस्तारित बैठक बोलाएको नेताहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar