राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

  • कालिका खवर
  • बुधबार, असार १७, २०८३
  • काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । तनवाड क्षेत्रअन्तर्गत जिरो पोइन्ट नजिकै बुधबार बिहान २ः३० बजे दुर्घटना भएको हो ।

    भारतीय समाचार संस्था आईएएनएसको रिपोर्ट अनुसार मृत्यु हुनेमध्ये ६ जना जिउँदै जलेका थिए भने दुई जनाको टाउकोमा लागेको चोटका कारण मृत्यु भएको थियो ।

    बस ऋषिकेशबाट इन्दौर जाँदै गर्दा अगाडि रहेको तीव्र गतिको ट्रेलरसँग ठोक्किएको थियो । दुर्घटनापछि दुवै सवारीमा ठूलो आगो लागेको थियो ।

    दुर्घटनामा बालबालिकासहित २१ जना घाइते यात्रुलाई दौसा जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण र त्यसपछि लागेको आगोको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar